गाउँ सहर

आफ्नो कुर्सी हल्लिन थालेपछि प्रधानमन्त्री ओलीले संसद् नै भंग गरिदिए : डा. केसी

काठमाडाैं । डा. गोविन्द केसीले आफ्नो कुर्सी हल्लिन थालिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै भंग गरिदिएकाे आरोप लगाए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दलोलनका क्रममा सम्बोधन गर्दै डा. केसीले सत्ता बचाउनको लागि ओलीले एउटा संवैधानिक अगंलाई भंग गरिदिएको बताए ।

संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।डा. केसीले भने-‘संसद् विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम अब न्यायालयमा पुगेकाे छ । सबै संवैधानिक अंगहरु नागरिकको सेवाका लागि हुनुपर्छ । संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको हो ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र त्यस्तो गर्नेहरुलाई संरक्षण दिएको भन्दै ओलीले आफूलाई संविधानभन्दा माथि रहेको ठानेर काम गरिरहेको उनको दाबी छ । डा. कसीले न्यायालयमाथि कसैले हस्तक्षेप नगर्न समेत आग्रह गरे ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत