स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ९९.६ प्रतिशतकाे स्वास्थ्य अबस्था सामान्य, २० लाखभन्दा बढिकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ४९ लाख ५० हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

हाल विश्वभर संक्रमितमध्ये ९९.६ प्रतिशतकाे स्वास्थ्य अबस्था सामान्य छ । यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केश २ कराेड ४९ लाख ५० हजारमध्ये १ लाख ११ हजार ४८१ जनाको अवस्था गम्भीर छ भने २ कराेड २८ लाख ३८ हजार ९०५ जनाकाे अबस्था सामान्य छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ७३ लाख ४१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ४३ लाख ९ हजार नाघेको छ भने मृतकको संख्या २० लाख १७ हजार ७९८ जना पुगेको छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ४१ लाख २ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख १ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ४२ लाख २८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९४ लाख ७१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ५ लाख ४३ हजार ६५९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५२ हजार १३० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १ लाख ७८ हजार ८८३ जना निको भएका छन् । सक्रिय केस २ लाख १२ हजार ६४६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८३ लाख ९४ हजार जना संक्रमितमध्ये ७३ लाख ६१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ८ हजारभन्दा बढी छन् । हाल ८ लाख २४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६६ हजार ८१६ जना पुगेका छन् भने २ लाख ६० हजार ५६७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९४८ पुगेको छ भने ४ हजार ३०१ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत