तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो, पहाडी भेगमा वर्षाकाे सम्भावना
- गाउँ सहर संवाददाता
- ३ माघ शनिबार, २०७७ | ०७:५७:०० मा प्रकाशित
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ ।
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तराईमा शीतलहर र पहाडी भेगमा वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
यसैगरी, आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ ।
धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ ।
काठमाडाैं उपत्यकामा हिजो ५ दशमलव ३ डिग्री तापक्रम रहेकोमा आज बढेर ५ दशमलव ५ डिग्रीमा पुगेको छ ।
काठमाडाैंमा बिहान र बेलीकीपख कुहिरो लाग्ने साथै दिउँसो तुवालो लाग्ने हुँदा तापक्रममा खासै घटबढ नभएको मौसमविद्को भनाइ छ । पश्चिमी वायु नेपाल प्रवेश गरेमात्रै देशका विभिन्न ठाउँमा लागेको कुहिरो हटेर जानेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस