गाउँ सहर

पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कोईरालाको समूह सम्मानित

लेखनाथ । पोखरा उद्योग बाणिज्य संघको ३३औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष नारायण कोईरालाको समूहलाई शुक्रबार लेखनाथ उद्योग बाणिज्य संघले बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले व्यवसायीहरुलाई नियन्त्रण मात्रै गर्ने कोशिस गरेको बताउँदै अब व्यवायीहरुलाई नियन्त्रण नभई सहजीकरण गर्नुपर्ने बताए ।

सोही अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोईरालाले दुई सस्थाकाबीच एकताबद्ध भएर अगाडि बढ्ने उद्घोष गरे ।  

यसैगरी नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सदस्य तथा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले  कोरोना भाईरसका कारण धरासायी भएका उद्योगी ब्यवसायीहरुलाई माथि उठाउने योजनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत