स्वास्थ्य

शुक्रबार नेपालमा काेराेना संक्रमित थपिने संख्या तीन सयभन्दा मुनि, ३९० जना निकाे, ५ काे मृत्यु

काठमाडौं । नेपालमा काेराेनाबाट दैनिक संक्रमण हुनेकाे संख्या तीन सयभन्दा तल झरेकाे छ । 

पछिल्लो २४ घण्टामा २७० जनामा काेराेना पोजेटिभ देखिएकाे छ । याेसँगै नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३  हजार ८४ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे ।

पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९४८ पुगेको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा ३९० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । हालसम्म क्वान्टिनमा २३१ जना छन् भने ४ हजार ३०१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 
 

गाउँ सहर संवाददाता

तपाईँको मत