समाज

इलामको कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । इलामको कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ । कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्। 

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो। इलामबाट झापा झर्दै गरेको मे ७ प ९४६२ नम्बरको मोटरसाइकललाई मे १ ज २०९३ नम्बरको सुमोले ठक्कर दिएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत