स्वास्थ्य

नेपालमा कोरोना भाइरस विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति, भारतमा भोलिदेखि खाेप

काठमाडौं । नेपाल सरकराले कोरोना भाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको 'कोभिसिल्ड' नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको हाे ।

औषधि व्यवस्था विभागले शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो ।

कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ।

खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरिएसँगै खोप चाँडो आउने विश्वास लिइएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत