गाउँ सहर

पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी

एजेन्सी । पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी भएको छ । प्रज्वलनशील पद्धार्थ डिजेल आयात हुँदै आएको नेपाल भारत पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले चोरी भइरहेको पत्ता लागेको छ ।

भारतको विहारस्थित सिवान नवीगंज खण्डको डुमरा गाउँ नजिकको पाइपलाइनमा प्वाल पारेर चोरी भइरहेको पत्ता लागेको हो । यो चोरी पत्ता लाग्दा इन्डियन आयल कर्पोरेशन लिमिटेडका अधिकारीहरुको नै होश उडेको नवभारत टाइम्सले जनाएको छ । पाइपलाइनमा चोरले फोडेर अर्को सानो पाइप जोडेको भेटिएको छ । यो योजनावद्ध तरिकाले गरिएको चोरी पत्ता लागेको छ । सानो पाइपमा ठाउँ ठाउँमा लक राखिएको पत्ता लागेको छ ।

खेतमा डिजेल बग्न थालेपछि पाइपलाइन फुटाएर डिजेल चोरी भएको खुल्न आएको हो । अहिलेसम्म हजारौं लिटर डिजेल चोरी भएको जनाइएको छ । नवभारत टाइम्सले विहारमा यस किसिमको चोरीको घटना पहिलो पटक भएको जनाएको छ ।  फोटो स्रोत -नवभारत टाइम्स

गाउँ सहर डेस्क

तपाईँको मत