गाउँ सहर

‘लोकतन्त्रको बिरुवा नमार’ भन्दै विवेकशील पार्टीकाे प्रदर्शन

काठमाडाैं । विवेकशील पार्टीले शुक्रबार (आज) माइतीघर मण्डलमा 'लोकतन्त्रको बिरुवा नमार !' भन्ने नारासहित बिरूवासहितकाे गमला बाेकेर प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको छ ।

पार्टीका नेता–कार्यकर्ता माइतीघर मण्डलमा भेला भएर प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदम असंवैधानिक रहेको जनाउँदै प्रतिनिधिसभा पुनःस्थापना गर्न माग राखे ।

लाेकतन्त्र हुर्काउने तथा संस्थागत गर्नुपर्नेमा अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत भएकाे भन्दै बिरूवासहितकाे गमला बाेकेर सांकेतिक बिराेध गरिएकाे उनीहरूले बताएका छन्  । 

उनीहरूले प्रतिगमन र अधिनायकवादसँगै लुटतन्त्र अन्त्य हुनुपर्ने मागसमेत गरेका छन् । अहिलेको अवस्थामा सरकार कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

विवेकशील पार्टीले हरेक दिन माइतीघर मण्डलमा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवाद विरुद्ध प्रदर्शन गरिरहेको छ। भोलि २७ औं दिन पनि बिहान १०ः३० बजे माइतीघर मण्डलमा प्रदर्शन जारी रहने छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत