गाउँ सहर

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो, कुर्ने एक सेकेन्ड फुर्सद छैन’

काठमाडाैं । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी बिवादकाे टुङ्गाे चाँडाे लगाउनुपर्नेमाजाेड दिएका छन् ।  

रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले एमसीसी लागू गर्ने/नगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताएका हुन् ।

मन्त्री रायमाझीले भने-
‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’

अबकाे एक वर्षमा उत्पादन हुने विद्युत बेच्ने आधार तयार गर्न नसके आउँदो जेठदेखि ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् खेर जाने बताए ।

ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको उनले बताए । यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत