अर्थतन्त्र

सुन तोलामा ४ सयले बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य चार सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

विहीबार सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य भने तोलामा ९२ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको  महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत