गाउँ सहर

सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

काठमाडौँ । सर्ट ‘फिल्म ‘एक लभर’ सार्वजनिक भएको छ । राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक गरिएको हो । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढापका विषय फिल्मले कथाको रुपमा उठाएको छ ।

रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको फिल्म ‘एक लभर’ आधा घण्टा अवधिको रहेको छ । फिल्ममा प्रेम, बिछोड, रोदन मात्रै देखाइएको छैन, सुखद् अन्त्य समेत गरिएको निर्देशक ज्ञावलीले बताएका छन् । शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ । 

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायाँकन तथा शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत