अर्थतन्त्र

सुपरदोर्दी इन्भेष्टमेन्ट र पिपुल्स हाइड्रोपावर एक आपसमा गाभिने

काठमाडौँ । सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी र पिपुल्स हाइड्रोपावर एक आपसमा गाभिने भएका छन् ।

माघ २५ गते आइतबार हुने सुपरदार्दी इन्भेष्टमेन्टको छौटौँ साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव अघि बढाउने भएको हो।

सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय विज्ञहरुको नियुक्ति गर्ने जनाएको छ ।

यस्तै नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै दिर्नेशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न कम्पनीको सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीको साधारण सभा पिपुल्स हाइड्रोपावरको सभा कक्षमा दिउँसो ३ बजेदेखि भर्चुअल माध्यमबाट सम्पन्न गरिने कम्पनीले बताएको छ ।

सभाले आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७-७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत