माघकाे दाेस्राे दिन यस्ताे छ देशभरकाे माैसमी अनुमान
- गाउँ सहर संवाददाता
- २ माघ शुक्रबार, २०७७ | ०८:५७:०० मा प्रकाशित
काठमाडाैं । यस वर्षकाे माघ महिनाकाे दाेस्राे दिनकाे माैसमी अबस्था यस्ताे छ । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यस दिन प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने जनाइएकाे छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडाैंको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
हिजो अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम आज १६–१८ सम्म पुग्ने अनुमान गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस