स्वास्थ्य

पोखराको तालचोकमा माछापुच्छ्रे पोलिक्लिनिक

लेखनाथ । पोखरा महानगापालिका वडा नं.२७ को तालचोकमा माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डायग्नोष्टिक प्रा.लि.संचालनमा आएको छ ।

पहिलो चरणमा करीव चार करोडको लागतमा संचालनमा आएको पोलिक्लिनिकमा भविष्यमा अत्याधुनिक सेवा सहितका उपकरण खरिद गरी करीव १० करोड सम्मको लगानी हुने बताईएको छ ।

पोलिक्लिनिकको विहिवार एक कार्यक्रमकाविच सुभारम्भ गर्दै पोखरा विश्व विद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले विकास निर्माणका लागि राजनीति नगरी एकजुट हुुन आग्रह गरेका थिए ।

यस क्षेत्रका सबै नागरिकको साथ सहयोगले मात्रै शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्न सकिने बताउँदै निजी लगानीमा सञ्चालनमा आएको पोलिक्लिनिकले यस क्षेत्रमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रवाह गर्दै भविष्यमा देशकै एक उदाहरणीय नमूना अस्पतालको रुपमा विकास होस् भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्की जिल्लाका सभापति कृष्ण केसीले विकासका लागि लगानी र त्यागको आवश्यक हुने भन्दै स्वास्थ्य क्षेत्रमा लामो समयसम्म योगदान गर्ने चिकित्सकहरु र अहिलेका युवा पुस्ताका चिकित्सकहरुको संगलग्नताले कास्कीको पूर्वी भेगका नागरिकले स्वास्थ्यमा गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका प्रमुुख डाक्टर विकास गौचन, डाक्टर कालु शर्मा, डाक्टर मुकुन्द  आचार्य, पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुुरुङ, नेपाली कांग्रेस पोखरा महानगरका सह संयोजक राजेन्द्रमणि लामिछाने, नेकपा जिल्ला सदस्य नारायणी भट्टराई, नेपली कांग्रेस क्षेत्र नं.१ क का क्षेत्रिय सभापति शरदराज सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगायतले यस क्षेत्रमा सन्चालनमा आएको माछापुच्छ्रे पोलिक्लिनिको सफलतको शुभकामना व्यक्त गर्दै आफनो क्षेत्रबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 पोलिक्लिनिक सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चालक पुष्पमणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजसेवी मोती गिरीले गरेका थिए ।

पोलिक्लिनिकमा २४ सै घण्टा आकस्मिक सेवा रहने, अत्याधुनिक ल्यावको व्यवस्था, इन्डोस्कोपी, एक्स रे, भिडियो एक्सरे, माइनर अपरेसन, नसा तथा हाडजोर्नी, नाक, कान, घाँटी, छाला तथा यौन रोग, कुुष्ठ रोग लगायतका रोगहरुको उपचार हुने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत