प्रेरणा

धेरैको चाहना त्याे चिजमा हुन्छ जुन उसँग छैन, यहि नै दुःखको मूल कारण हो

काठमाडौँ । कुनैचिज आफूसँग नहुँदा चाहना हुनु स्वभाविक नै हो । र त्यो भए के के न हुन्थ्यो होला, अभाव टर्थ्यो होला भन्ने हुने गर्दछ । यसै प्रसंगमा एउटा कथा मनन् गरौँ ।

पुरानो समयमा एक राजाको जन्मदिन थियो । जब उनी विहान उठे उनले आफैँले बचन लिए कि उनी आज कुनै एक व्यक्तिलाई पूर्ण खुसी र सन्तुष्ट पार्ने । यो सोचेर उनी आफ्नो राज्यमा घुम्न निस्किए ।

बाटोमा उनले एक भिखारी भेटे । उनी नालीमा केहि खोजिरहेका थिए । राजाले उनलाई सोधे- के कुनै मूल्यवान चिज हराएको हो ? भिखारीले भने- मेरो तामाको एक सिक्का नालीमा खस्यो । त्यहि खोजिरहेको छु । राजाले उसलाई चाँदीको एक सिक्का दिए र सोचे अब यी खुसी हुन्छन् । भिखारीले चाँदिको सिक्का लिए र आफ्नो झोलामा राखे । उ फेरी नालीमा तामाको सिक्का खोज्न थाले ।

राजाले सोचे, शायद यी धेरै गरिब छन् । उसलाई फेरी बोलाए र यसपटक उनले सुनको सिक्का दिए । भिखारीले सुनको सिक्का देखेर राजालाई धेरै धन्यवाद दिए । उ धेरै खुसी थिए, तर उसले त्यो सिक्कापनि झोलामा राखेर पुनः तामाको सिक्का खोज्न थाले ।

यो देखेर राजालाई रिस उठ्यो । तर, राजाले वचन लिएको हुनाले भिखारीलाई बोलाए र आधा राजपाठ दिने बताए । तिमी अब त खुसी र सन्तुष्ट हुन्छौ नी ?

भिखारीले भन्यो- राजन म तब सन्तुष्ट र खुसी हुन सक्छु जब मलाई मेरो तामाको सिक्का प्राप्त हुन्छ ।

राजाले अबमात्र बुझे कि उसको मन त्यहि तामाको सिक्कामा फसेको छ । उनले सैनिकलाई बोलाए र सिक्का खोज्ने आदेश दिए । सैनिकले केहि समयमै सिक्का खोजेर भिखारीलाई दिए । सिक्का पाएर भिखारी खुसी र सन्तुष्ट भए ।

यसकारण धेरै मानिसहरु ती चिज पाउनमा लागिरहन्छन जुन उनीहरुसँग हुँदैन । जो चिज नजिक छ, त्योतर्फ ध्यान दिँदैनन् । यहि नै दुःखको मूल कारण हो । यसबाट बच्नु जरुरी छ ।

गाउँ सहर डेस्क

तपाईँको मत