राजनीति

कालो कपडा लगाएर मौन धारण गरि नेविसंघद्वारा सडकमा सुतेर बिराेध (फाेटाेफिचर)

काठमाडाैं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै शंकरदेव क्याम्पसका नेविसंघ सम्बद्ध विद्यार्थीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फित्ता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो कपडा लगाएका थिए ।

युवा विद्यार्थीले ‘भ्रस्टाचारी केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार-भित्र चोरै–चोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

बिरोध सभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले केपि ओलीले ब्याप्त भ्रष्टाचार प्रमाण लुकाउन र खुलेआम भ्रष्टाचार गर्न संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएकोले  विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

नेपाल विद्यार्थी संघ संकरदेव क्याम्पसद्वारा आयोजित प्रतिकात्मक बिरोध प्रदर्शन कार्यक्रमको संयाेजक दिपक ओझाले गरेका थिए भने बिभिन्न रचनात्मक तथा प्रतिकात्मक नाराहरु सहित कालो कपडाले  शरीर बेरेर नेविसंघका नेताहरु दिपक ओझा, सुदिप बनाडी, दिल सैनाई, सुनिल पराजुली, आदित्य काफ्लेसमेत ५ जना सडकमा सुतेका थिए ।

संघका नेता मिलन खतिवडाले सन्चालन गरेको बिरोध सभामा संघका महामन्त्री युवराज पाण्डे, पूर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुंगेल, बिपिन अधिकारी लगायतले असंबैधानिक कदमका बिरुद्ध शसक्त प्रतिबाद गर्नुपर्ने बताएका थिए ।

नेविसंघले भोली केन्द्रीय परिपत्र बमोजिम देशभर दौड जुलुस गर्दैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत