सडक/यातायात

गुड्दा गुड्दै सडकमै एक्कासी पल्टियाे यात्रु बाेकेकाे बस

काठमाडौं । यात्रुबाहक बस बीच बाटोमै पल्टिएको छ । काठमाडौंको रत्नपार्क भद्रकाली सडक खण्डमा यात्रुबाहक बस एक्कासी सडकमै पल्टिएकाे हाे । 

भद्रकाली नजिकैको आकासे पुल नजिकै बा ३ ख ४४३७ नम्बरको चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे सडकमै उत्तानो परेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अवस्था गम्भीर छ ।

सडकमै बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको थियो । अहिले बसलाई सडकबाट पन्छाएर सवारी सञ्चालन गरिएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत