गाउँ सहर

सामुदायिक सेवा केन्द्र बगरमा निर्वाचित समितिको पदस्थापना

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगर को १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना गरिएको छ ।

निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाई पदस्थापना गरेका थिए ।

अधिवेशनबाट अध्यक्षमा रामभूषण पराजुली, उपाध्यक्षमा कल्पना आचार्य, सचिवमा शिवराज अधिकारी, सहसचिवमा दुर्गादत्त हुमागाई, कोषाध्यक्षमा रामप्रसाद अधिकारी, सदस्यमा दुर्गा थापा, विजयाकुमारी गुरुङ, कृष्णबहादुर तामाङ, हरिदेवी पराजुली, फणिन्द्रप्रसाद तिमिल्सिना, विकल पराजुली, सीता अधिकारी भण्डारी र कमल प्रसाद वास्तोला निर्वाचित भएका थिए ।

पदस्थापना कार्यक्रममा बौल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक मुकि्तनाथ सापकोटाले वगर सामुदायिक उत्कृष्ट बन्दै आएको बताउँदै यसको छवि नविगार्न आग्रह गरे ।

गाउँ सहर संवाददाता

तपाईँको मत