गाउँ सहर

लायन्स क्लव अफ लेखनाथको बाख्रा पैँचो

लेखनाथ । लायन्स क्लव अफ लेखनाथले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरी अगाडि सारेको बाख्रा पैँचो कार्यक्रम अन्तरगत पोखरा–२८ को माझठाना स्थित ओख्लेका महिला समुहलाई बाख्रा वितरण गरेको छ ।

क्लवले विगत १० वर्ष देखि अगाडि सारेको बाख्रा पैचो कार्यक्रम अन्तरगत बुधवार ओख्ले महिला समुहका लागि ३० वटा बाख्रा वितरण गरेको हो ।

कार्यक्रममा बाख्रा वितरण गर्दै लायन्स क्लव ३२५ बी १ नेपालका डिष्ट्रक गर्भनर मोहन बहादुर रोक्काले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन क्लवले अगाडि सारेको योजना प्रभावकारी भएकाले आगामी दिनमा अन्य महिलाहरुलाई पनि यो योजनामा समावेस गराउनु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष निर्मल दियालीले लायन्सले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने हेतुले गरेको कामलाई सकारात्मक रुपमा लिएको धारणा राख्दै ब्यवसायिक रुपमा अगाडि वढ्न महिला समुहहरुलाई सुझाव दिए ।

लायन्स क्लव अफ लेखनाथका अध्यक्ष संकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ वी १ नेपालका अध्यक्ष आदर्शमोहन भटराई,ओख्ले बाख्रा पालन महिला समुहकी अध्यक्ष अम्बिका बुढाथोकी र क्लका सचिव कृष्णप्रसाद तिमिल्सेना लगाएतले बाख्रा पैँचो कार्यक्रम फलदायी र प्रभावकारी भएको बिचार राखेका थिए ।   


 

गाउँ सहर संवाददाता

तपाईँको मत