वैदेशिक व्यापार : कुल वस्तु निर्यात ५.१ प्रतिशतले बढ्याे, कुल वस्तु आयात ९.६ प्रतिशतले घट्याे
- गाउँ सहर संवाददाता
- २९ पौष बुधबार, २०७७ | १९:४४:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल राष्ट्र बैंकद्वारा जारी देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित) अनुसार कुल वस्तु निर्यात बढेकाे छ भने आयात ९.६ प्रतिशतले घटेर रु.५२५ अर्ब ५० करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई रु.५० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु आयात ९.६ प्रतिशतले घटेर रु.५२५ अर्ब ५० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.२ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १.१ प्रतिशत, २४.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एम.एस. बिलेट, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा,कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा,यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको बैंकले जनाएकाे छ ।
यस्तै बैंकका अनुसार, निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले घटी रु.४७५ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।
यस्तै वार्षिक विन्दुगत आधारमा २०७७ मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २.० प्रतिशतले घटेको छ । २०७६ मंसिर महिनामा ३.२ प्रतिशतले बढेको व्यापारको शर्त २०७७ मंसिर महिनामा ३.८ प्रतिशतले बढेको बैंकले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
प्रतिकृया दिनुहोस