अर्थतन्त्र

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आव २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित) प्रमुख झलक

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आव २०७७/७८ को पाँच महिनाको तथ्याङ्कमा आधारित) सार्वजनिक गरेकाे छ ।

सार्वजनिक आर्थिक तथा वित्तीय स्थितिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको देखिएकाे छ ।

आर्थिक तथा वित्तीय स्थितिकाे प्रमुख झलक

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ ।
  • आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ ।
  • शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ ।
  • संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.३०६ अर्ब ६६ करोड र राजस्व परिचालन रु.३०१ अर्ब २३ करोड छ ।
  • विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत