अर्थतन्त्र

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस दिने

काठमाडाैँ । प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको हाे ।

सम्पन्न बाह्राैँ वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी तेह्राैँ वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।

बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत