अर्थतन्त्रलाई रेमिट्यान्सको राहत : ५ महिनामै ४ खर्ब १६ अर्ब भित्रियो
- गाउँ सहर संवाददाता
- २९ पौष बुधबार, २०७७ | १७:३५:०० मा प्रकाशित
काठमाडौं । विश्वभरी काेराेना महामारीको असर परिरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा पनि नेपालमा भने रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिएको छ । जसले राज्यलाई भने राहत देखिएकाे छ । कोभिडले थिलथिलो पारेको अर्थतन्त्रलाई रेमिट्यान्सको राहत पारेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । जुन अघिल्लो महिनाको भन्दा ७९ अर्ब बढी हो । गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस