समाज

आन्तरिक राजश्वका कम्प्युटर अपरेटर ४३ हजार घुस सहित पक्राउ

काठमाडौँ । आन्तरिक राजश्वका कम्प्युटर अपरेटर ४३ हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मालाई ४३ हजार घुस सहित पक्राउ गरेको हो ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत ४३ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

राजन शर्मा र सन्तोष थापा मगर दुबै जनालाई बालाजु स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट टङ्गालबाट खटिई गएको आयोगको टोलीले नियन्त्रणमा लिइ अनुसन्धान अघि सारिएको आयोगले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत