अर्थतन्त्र

कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न, भावी कार्ययोजना प्रस्तुत 

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक्को साधारणसभा काठमाडौँ बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सम्पन्न भएको हो । 

सभामा बैंकको चुक्ता पूँजीको झण्डै ५५ प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी शेयरधनीको उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु जुममार्फत जोडिएक थिए ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५२ रुपैयाँ २ पैसा को ४.४० प्रतिशतका दरले हुने रकम ११ करोड १७ लाख ६८ हजार ३७९ रुपैयाँ ५७ पैसा बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात ५८ लाख ८२ हजार ५४६ रुपैयाँ २९ पैसा बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

बैंकले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक जिपि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत