समाज

तास खेल्ने ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । तास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १५ हजार २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत