अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँ तोकिएको छ ।

चाँदी बुधबार तोलाको १० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ सय र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत