मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एक जनाको मृत्यु
- गाउँ सहर डेस्क
- २९ पौष बुधबार, २०७७ | १०:४७:०० मा प्रकाशित
विराटनगर । मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको कानेपोखरी गाँउपालिकामा एक पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बेलुका गाँउपालिका ७ मा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक ३३ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो।
प्रहरीका अनुसार गाँउपालिकाको जहदा मोडमा रंगेली जानेक्रममा को १ ६९९७ नम्बरको ट्रयाक्टर र को १७ प ४८४५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
दुर्घटनासँगै घाइते भएका मोटरसाइकल चालक गुरुङलाई पथरी अस्पतालमा उपचारका क्रममा बेलुका करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरि, मोटरसाइकलमा सवार ३७ वर्षीय राज तामाङ घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस