स्वास्थ्य

विश्वभर हाल कोरोनाभाइरस लागेका मानिसहरूमध्ये १ लाख १० जनाकाे अबस्था गम्भीर, साढे ६ कराेड निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ४२ लाख १७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ५८ लाख १८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड २० लाख ६ हजार नाघेको छ भने मृतकको संख्या १९ लाख ७० हजार ३० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १० हजार ८१ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ३३ लाख ६८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ८९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ३८ लाख १६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९१ लाख ६२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४ लाख ९५ हजार ८१६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५१ हजार ५६४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १ लाख २८ हजार ४५७ जना निको भएका छन् । सक्रिय केस २ लाख १५ हजार ७९५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८१ लाख ९५ हजार जना संक्रमितमध्ये ७२ लाख ७३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ४ हजारभन्दा बढी छन् । हाल ७ लाख १७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६५ हजार ६९८ जना पुगेका छन् भने २ लाख ५९ हजार ३५८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९३२ पुगेको छ भने ४ हजार ४०८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत