समाज

हतियार सहित ४ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ  । हतियार सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाजुराको बडिमालिका नगरपालिका–३ रजालीबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप सहित ४ जना सोमबार साँझ पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा बडिमालिकाका ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने ल्वार, सोही नगरपालिका बस्ने ३० वर्षीय बल बहादुर थापा र ३० वर्षीय डम्बर थापा रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत