खेल

प्रधानमन्त्री कप क्रिकेटका लागि टोली छनौट

कञ्चनपुर । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका हरि रेग्मीका अनुसार गत मङ्सिरमा सम्पन्न प्रदेश स्तरीय छनौट प्रतियोगिता र त्यसपछि सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ ।

सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको हो । उप–कप्तानमा खडक बहादुर बोहरा, विकेट किपरमा अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा, किरण ठगुन्ना, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद र भोजराज भट्टलाई छनौट गरेको छ ।

वीरेन्द्र नाथ, दीपेन्द्र सिंह ऐरी, विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । टिम व्यवस्थापनमा शेरसिंह खत्री र प्रशिक्षकमा वीरेन्द्र शाही रहेका छन् ।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौँमा हुन लागेको छ । जसमा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बागमती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ने बताइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत