समाज

साढेले हान्दा वृद्धको ज्यान गयो

सप्तरी । साढेले हान्दा एक वृद्धको ज्यान गएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मा सोमवार राति साढेले हानेर वृद्धको मृत्यु भएको हो । सार्वजनिक रुपमा छाडिएको साढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिँडिरहेकी ८० वर्षीया दुर्गी देवी साहको मृत्यु भएको हो ।

पछाडिबाट साढेले हानेर घाइते भएकी साहको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत