गाउँ सहर

दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौँ  । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको हो ।

बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी जिम्लाहरु सहित भारतमा समेत महसुस गरिएको थियो ।

गाउँ सहर डेस्क

तपाईँको मत