गाउँ सहर

चार वर्षको भाले बाघ मृतावस्थामा भेटियो

चितवन। कालिका नगरपालिका–१ मा मृतावस्थामा बाघ भेटिएको छ ।  सोही नगरपालिकाको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।

खनालका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत