विश्वभर २ कराेड ४० जनामा काेराेनाभाइरस सक्रिय, साढे १९ लाखकाे मृत्यु, एक लाखभन्दा बढि सिकिस्त
- गाउँ सहर डेस्क
- २८ पौष मंगलबार, २०७७ | ०९:००:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ४० लाख ७५ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ५२ लाख ८७ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड १३ लाख १५ हजार नाघेको छ भने मृतकको संख्या १९ लाख ५२ हजार ८७९ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ८ हजार ७५० जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ३१ लाख ४३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ८५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ३६ लाख ८० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९० लाख ७७ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४ लाख ७९ हजार ९१३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५१ हजार ३६४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड १ लाख १० हजार ७१० जना निको भएका छन् । सक्रिय केस २ लाख १७ हजार ८३९ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८१ लाख ३३ हजार जना संक्रमितमध्ये ७२ लाख ७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३ हजारभन्दा बढी छन् । हाल ७ लाख २२ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ६५ हजार २६८ जना पुगेका छन् भने २ लाख ५८ हजार ९६८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९२७ पुगेको छ भने ४ हजार ३७३ जना उपचाररत छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस