प्रेरणा

यदि कसैले खान बोलाए उसको सोच र नियत कस्तो छ, यो कुरा ध्यानमा राख्नुहोला

काठमाडौँ । महाभारतमा पाण्डवको १२ वर्षको वनवास र १ वर्षको अज्ञातवास पूरा भइसकेको थियो । यसपछि श्रीकृष्ण पाण्डवको दूत बनेर हस्तिनापुर पुगे र दुर्योधनसँग भने- अब पाण्डवहरुलाई उनीहरुको राज्य फिर्ता दिउँ । तर, दुर्योधनले श्रीकृष्णको कुरा मानेनन् ।

श्रीकृष्णले दुर्योधनलाई हरेक तरिकाले सम्झाउने कोसिस गरे तर दुर्योधनले पाण्डवलाई गाउँ दिन तयार भएनन् । त्यसपछि श्रीकष्ण दरबारबाट निस्कन लागे । तब दुर्योधनले भने- तपाईं आइहाल्नुभयो, बिनाभोजन कसरी जान सक्नुहुन्छ, म हजुरलाई भोजन गर्नको लागि आमन्त्रित गर्दछु ।

श्रीकृष्णले भने- मेरो यो नियम छ कि म कसैकोमा कसैसँग भोजन गर्दाको समय दुई कुरा ध्यानमा राख्दछु । पहिलो, मलाई धेरै भोक लागेको होस् । दोस्रो, नजिककाले मलाई प्रेमसँग भोजन गराइरहेको होस् । यो समय तिम्रो साथमा यी दुबै कुरा छैनन् । पहिलो कुरा, मलाई अहिले भोक नै लागेको छैन । दोस्रो कुरा, तिमी मेरो सहि कुरा मानिरहेका छैनौँ । तिमी मलाई खाना ख्वाउन चाहन्छौ, तर मलाई यसमा प्रेम देखिइरहेको छैन । जस्तै तिम्रो स्वभाव छ, यसमा पनि कुनै षडयन्त्र हुन सक्छ ।

यसपछि श्रीकृष्ण विदुरकोमा भोजन गर्न गए ।

श्रीकृष्णले यो शिक्षा दिएका छन् कि कहिल्यै पनि कसैकोमा खाना खानु जानुहुन्छ भने यी कुरा जरुर ध्यानमा राख्नुहोस् । जस्तो खाना ख्वाउनेको विचार, नियत कस्तो छ ? किनकी अन्नले हाम्रो मनमा असर पुर्याउँछ । यदि हामी खराब स्वभाव भएका व्यक्तिको हातले बनाएको खाना खाए, उसको खराब कुरा हामीभित्र प्रवेश गर्दछ । कोहि व्यक्तिले गलत सोचले खाना ख्वाएमा त्यस्तो खाना खानबाट बच्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत