समाज

चोरीको मोटरसाइकल सहित एक युवक पक्राउ

काठमाडौं । चोरीको मोटरसाइकल सहित एक युवक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–७, मछेडीखोलाका २२ वर्षीय भीमसेन खड्का रहेका छन् ।

प्रदेश ३–०२–०१५ प १७७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई बालाजुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०१४ प ०३३९ भएको खुल्न आएको छ । उक्त नम्बरको मोटरसाइकल भक्तपुरको सिपाडोलबाट हराएको भनी महाशाखामा निवेदन परेको थियो ।

खड्कालाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत