कला

अभिनेत्री साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ को छायाँकन सुरु 

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहको फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन सोबारबाट काठमाडौँको डिल्लीबजारबाट शुरू भएको हो ।

प्रेमकथामा बन्न लागेको फिल्म रमेश एम के पौडेलले निर्देशन गर्नेछन् । पौडेलकै कथा, गीत र निर्माणमा रहेको  फिल्मको नाम यस अगाडि ‘रेड वाइन’ राखिएको थियो । अहिले नाम परिवर्तन भएर ‘तिम्रो मेरो साथ’ भएको जनाइएको छ ।

फिल्ममा साम्राज्ञी, पुष्प खड्का, सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामा लगायतको अभिनय रहनेछ । फिल्मको विशेष भूमिकामा अभिनेता ध्रुवदत्त प्रस्तुत हुनेछन् ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

सविर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्म नेपाल र अमेरिकामा छायाँकन हुने निर्माण युनिटले जनाएको छ । योगेश काजीले फिल्मका लागि संगीत दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत