‘राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’ : नायिका नुसरत
- गाउँ सहर डेस्क
- २७ पौष सोमबार, २०७७ | १२:४३:०० मा प्रकाशित
एजेन्सी । नायिका नुसरतले राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’ भनेकी छन् । बंगाली नायिका तथा तृणमूल कांग्रेसकी सांसद नुसरत जहांले पहिलो पटक आफ्नो विवाह र नयाँ सम्बन्धबारे कुरा गरेकी छन् । नुसरतले सन् २०१९ जून १९ मा व्यापारी निखिलसँग विवाह गरेकी थिइन् । भारतीय मिडियाले उनी आफ्ना सह–कर्मी यश दासगुप्तालाई डेट गरिरहेको अफवाह फैलाएको छ ।
यसका साथै, नुसरतको निखिल जैनसँगको सम्बन्ध निकै खराब अवस्थाबाट बितिरहेको पनि बताइँदै छ । साथै, उनीहरुले चाँडै सम्बन्धविच्छेद गरेर नुसरतले यश दासगुप्तालाई विवाह गर्ने कुरा चर्चामा आएको छ । उनीहरु हालै छुट्टी मनाउनसँगै गएको पनि बताइएको छ ।
नुसरतले कलकत्ता टाइम्ससँगको अन्तवार्तामा ‘मेरो नीजि जीवनका सम्बन्धहरु सार्वजनिक हुनुपर्छ भन्ने मान्यता म राख्दिनँ भनेकी छन् । मानिसहरुले मलाई सधैं ट्रायलमा राखे । तर यसपाली म केही प्रतिक्रिया दिन्नँ । मानिसहरुले मलाई मेरो अभिनयका लागि मात्रै जज गर्न सक्छन्, त्योभन्दा बाहेक अरु कुनै कुरामा गर्न पाउँदैनन् । मेरो जीवन, राम्रो होस् वा नराम्रो, यो मेरो नीजि जीवन हो र यसबारे म कसैलाई पनि जानकारी दिन्नँ ।’ उनले अन्तवार्तामा भनिन् ।
यसका साथै, यशले पनि यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘म प्रत्येक वर्ष भ्रमणका लागि जान्छु र यसपटक म राजस्थान गएँ । त्यहाँ जो पनि जान सक्छ नि, होइन र ? नुसरतको विवाहको कुरा छ, मलाई उनको नीजि जीवनबारे केही थाहा छैन । यसबारे सम्बन्धित व्यक्तिलाई नै सोध्नुहोस् ।’
निखिलको आफ्नो इन्स्टाग्राम एउटा सेल्फी पोस्ट गर्दै लेखेका छन्, ‘फिल्टर, फिलर र फलोअर्सको पछाडि कहिले पनि नलाग्नुहोेस् । कर्म, अन्तरआत्मा र आशासहित उदाउनुहोस् ।’
निखिल जैनसँग विवाह पश्चात नुसरत जहांले सिन्दुर लगाएको र हिन्दु रितिरिवाजलाई अनुसरण गरेको भन्दै निकै ट्रोल भएकी थिइन् । उनी सबैको निशानामा समेत परेकी छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस