समाज

आगलागी हुँदा पाँच पसल जलेर नस्ट, करिव १२ लाखको क्षती 

भक्तपुर । आगलागी हुँदा पाँच पसल जलेर नस्ट भएका छन् भने करिब १२ लाख बराबरकाे क्षती भएकाे छ । भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलमा आगलाग भएको हाे । मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र पाँच वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिए ।

आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलेर नष्ट  भएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

मासु पसल नजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नंम्बरको मोटर साइकल पूर्ण रुपमा क्षति भएको छ भएको प्रहरीले जनाएको छ । 

घिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज एक थान, नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज एक थान, टेबुल, कुसी जलेर नष्ट भएका छन् । 

बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत