गाउँ सहर

नवलपरासीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध कार्यक्रम सम्पन्न

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पौष २६ गते सम्पन्न भएको हो । 
कार्यक्रममा जनताको चाहना र राष्ट्रको आवश्यकता बमोजिम हिन्दुराष्ट्र पूनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले ठहर गरेका छन् ।

राप्रपाका सचिवालय प्रमुख प्रधानले महेशपुरमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै भने, ‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र् पुनःस्थापना गर्न जरुरी छ,’ ।

र्यालीे नगर परिक्रममा गर्दै विरोध सभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा राजसंस्था स्थापना गर, हिन्दुराष्ट्र कायम गर, संघियता खारेज गर, किसानको हक हित संरक्षण गर,  जस्ता नाराहरु लगाइएको प्रधानले जानकारी दिएका छन् । 
 

 

गाउँ सहर डेस्क

तपाईँको मत