स्वास्थ्य

विश्वभर २ कराेड ३९ लाखमा काेराेना भाइरस सक्रिय, एक लाखभन्दा बढिकाे अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३९ लाख ३२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ४८ लाख १ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ९ करोड ६ लाख ७६ हजार नाघेको छ भने मृतकको संख्या १९ लाख ४ २हजार ५४८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ८ हजार ५३३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड २९ लाख १७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ८३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ३४ लाख ८३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९० लाख ५० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ४ लाख ६७ हजार ४३१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५१ हजार १९८ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ९२ हजार १३० जना निको भएका छन् । सक्रिय केस २ लाख २४ हजार १०३ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ८१ लाख ५ हजार जना संक्रमितमध्ये ७१ लाख ६७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३ हजारभन्दा बढी छन् । हाल ७ लाख ३४ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ६४ हजार ७८० जना पुगेका छन् भने २ लाख ५८ हजार ४४१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ९१७ पुगेको छ भने ४ हजार ४२२ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत