स्वास्थ्य

धादिङको धार्केमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न 

धादिङ । धादिङको धार्केमा  नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । धार्के गाउँपालिकामा एक दिने  नि:शुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको हो ।  

मनोरोग उपचार तथा पुर्नः स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु—स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा सोही गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो । 

शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने मनोविद गोपाल ढकालले मनोपरामर्श सेवा प्रदान गरेका थिए। उक्त शिविरमा एक सयभन्दा बढिले सेवा लिएका छन् । 

मानसिक स्वास्थ्य परिक्षण पश्चात सबै बिरामीलाई  नि:शुल्क  रुपमा औषधी यन्त्र समेत बितरण गरिएको थियो । शिविरमा आएका  मध्ये  तीन जना कडा खालको मानसिक स्वास्थ्य समस्यामा परेका ब्यक्तिहरुलाई आबासिय उपचारको प्रवन्ध समेत मिलाईएको थियो। 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र सम्पन्न हुनुपर्ने बताएका छन् ।  उपाध्यक्ष अम्बिका रुपाखेतीले  गाउँपालीका भित्र रहेका र मानसिक रोगको औषधि सेवन गरिरहेका सबै बिरामीहरुको  औषधी खर्च गाउँपालिकाले बेहोर्न जानकारी दिए। यस्तो  शिविर आगामी दिनमा प्रत्येक तीन तीन महिनामा गरिने जनाइएको छ । 

धार्के गाउँपालिकाले  स्थानीय तहमै पहिलो पटक मनोसामाजिक स्वास्थ्य  निर्देशिका तयार पारि  मानसिक स्वास्थ्यका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

१० बर्षदेखि सडकको जीवन बिताई रहेका जनक नाम गरेका मनोरोगीको उद्दार गरि गाउँपालिका र मनोरोग उपचार केन्द्रको सहकार्यमा उपचार  भईरहेको छ । गाउँपालिकाले आफ्नो सबै वडाहरुमा एक एक जना मनोपरामर्शदाताको समेत व्यबस्था गरेको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत