कला

गायक डम्बर नेपाली र दिपक लिम्बुको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ सार्वजनिक

काठमाडौँ  । चर्चित गायक डम्बर नेपाली र दिपक लिम्बुको सामुहीक स्वरमा रहेको ‘याःराक्मा हौ सोल्टिनी ज्यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कान्छा बाँजेको शब्द रहेको गीतको भिडियोमा मोडल एलिजा तुम्बाम्फो, गायक स्वयम नेपाली र लिम्बुले अभिनय गरेका छन् । लिम्बु भाषामा याःराक्मा भनेको धान नाँच हो ।

नेपाली टिपिकल शब्दमा तयार पारिएको गीतको भिडियोको रातोपुलस्थित रक हाउसमा एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सार्वजनिक गरिएको थियो ।  

लिम्बु परिवेश र रहनसहनमा रहेको भिडियोको भुपेन्द्र तुम्बाहाम्फेले छायाँङ्कन तथा किरण चाम्लिङ राईले निर्देशन गरेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत