स्वास्थ्य

एक मिनेटमा ६० सिँढी चढ्न सक्नुहुन्छ भने तपाईंको मुटु दुरुस्त ! स्वस्थ मुटुको लागि कुन उमेरकाले कस्तो व्यायाम गर्ने ?

काठमाडौँ । सिँढी चढेर मुटुमा समस्या छ कि छैन पत्ता लगाउन सकिन्छ । स्पेनको यूनिभर्सिटी हस्पिटलका कार्डियोलोजिस्ट डा. जिसम पेटेरिओले मुटुको स्वास्थ्य थाहा पाउनको लागि सजिलो तरिका बताएका छन् । डा. जिससका अनुसार, यदि कोहि व्यक्ति एक मिनेटमा १५/१५ सिँढीको चार सेट (कुल ६० सिँढी) पूरा गर्दछ भने यसको मतलब उसको मुटु सहि तरिकाले काम गरिरहेको छ ।

१६५ युवालाई ट्रेडमिलमा कुदाएर र सिँढीमा चढाएर उनीहरुको मेटाबोलिक इक्विवेलेन्ट्स (एमइटी) मापन गरिएको थियो । यस्ता युवा जसले ४० देखि ४५ सेकेण्डमा सिँढी चढे उनीहरुको एमइटी ९ देखि १० वा सोभन्दा बढी थियो । धेरै अनुसन्धानबाट यो कुरा सावित भइसकेको छ कि एक्सरसाइज टेस्टको समय जो व्यक्तिको एमइटी १० रहन्छ उनीहरुको मृत्युदर अन्यको तुलनामा प्रतिवर्ष १ प्रतिशत कम रहेको छ ।

स्वस्थ मुटुको लागि कुन उमेर समूहले कस्तो व्यायाम गर्ने ?

२० वर्षको उमेर सम्मः कुद्ने, खेल्ने, एरोविक्स गर्दा मुटुको लागि राम्रो हुन्छ । कम्तिमा १ घण्टा शारीरिक गतिविधि हुनु यो उमेर समूहको लागि अत्यन्तै लाभदायक हुन्छ ।

२१ देखि ४० वर्ष उमेर सम्मः यो उमेर समूहकाले हप्तामा ५ दिन व्यायाम गरेको राम्रो हुन्छ । ५ दिन १ घण्टाको शारीरिक अभ्यासले तौललाई नियन्त्रण गर्दै मांशपेसी बलियो बनाउन सहयोग गर्दछ । जगिङ्ग, व्याडविन्टन, बाइकिङ्ग, स्विमिङ्ग आदि खेल्दा वा गर्दा उच्च रक्तचाप नियन्त्रणमा रहन्छ भने कोलेस्ट्रोलको स्तरपनि सुध्रिन्छ ।

४१ देखि ६० वर्ष उमेर समूहः यो उमेर समूहकाले स्विमिङ्ग र साइकिलिङ्ग गर्दा उत्तम हुन्छ । यो उमेरमा शरीरको गतिशिलता घटेर जान्छ । यसकारण दुखाई कम गर्नको लागि पनि यी व्यायाम आवश्यक छ ।

६० वर्ष पछिः यो उमेर समूहमा शरीर गलेपनि सामान्य एक्सरसाइजबाट दिक्दारी मान्नु हुँदैन । सामान्य हिँडडूल, नाँचगान, गार्डेनिङ्ग, योगाजस्ता सामान्य व्यायम गर्दा तनाव घटाउँछ, योगाले मन र मस्तिष्क चङ्गा बनाउँछ । 

यसकारण हप्ताको ५ दिन व्यायाम गर्नाले शरीरमा स्फूर्ति आउँछ । मस्तिष्क खुलाउँछ भने मांसपेशी र हड्डी बलियो बनाउने गर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत