स्वास्थ्य

छोकडा र दूध खानुस्, हुन्छ फाइदैँ फाइदा

काठमाडौँ । छोकडामा फाइबर, भिटामिन बी ६, आइरन र कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरु पाइन्छ । छोकडा शरीरका लािग कुनै पनि औषधिभन्दा कम छैन । दिनमा पाँच वटा छोकडा खाँदा शरीरलाई निकै फाइदा पुग्छ । 

एक गिलास दूधमा तीन वटा छोकडा हालेर पकाउने । पकाउँदा दूध उम्लिएपछि पाँच मिनेटसम्म सानो ग्यासमा पकाउने र त्यसलाई मनतातो भएपछि खाने । 

छोकडा र दूध सेवनका फाइदा :

१. ओछ्यानमा पिसाब गर्ने बालबालिकाका लागि 

बच्चाहरुमा ओछ्यानमा पिसाब गर्ने समस्या छ भने त्यस्ता बच्चाहरुलाई हरेक दिन छोकडा हालेको दूध दिनुपर्छ । तर १० वर्ष सम्मका बच्चाको लागि दूधमा दुईदेखि तीन वटा छोकडा दिनुहुँदैन । 

२. तौल बढाउन 

दुब्लोपनका कारण पीडामा भएकाहरु महिलाले तीन र पुरुषले चार वटा छोकडा हालेर दूध पिउने गर्नुपर्छ । यसले तौल बढ्नुका साथै शरीरलाई आवश्यक पर्ने प्रोटिन र पोषक तत्व प्रदान गर्दछ । साथै, यसले रोगप्रतिरोधी क्षमताको बिकास गर्दछ । 

३. मधुमेहका रोगी

मधुमेहका रोगीले एकदेखि तीन वटा छोकडा खान सक्छन् । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ, र मधुमेहका बिरामीले बिना चिनी दूधमा छोकडा हालेर पकाएर खाने गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

४. मुटु स्वस्थ राख्न

हरेक दिन छोकडा हालेको दूध पिउँदा कोलेस्ट्रोल सन्तुलन रहने र रक्तनलीहरु बिग्रिने, क्यान्सर र मुटुसम्बन्धी समस्याहरुको खतरा कम हुन्छ ।  

५. शक्ति 

छोकडा र दूधले शरीरमा ग्लुकोज, प्रोटिन, फ्रक्टोज, फाइबर, आइरन र म्याग्नेशियम जस्ता तत्वहरुको आपूर्ति गर्ने भएकाले शरीरलाई शक्ति प्राप्त हुने गर्छ । 

६. पाचन प्रक्रिया

जसको पाचन प्रक्रियामा गडबढी छ त्यस्ता व्यक्तिले छोकडा र दूध खाने गर्नुपर्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्यालाई कम गर्छ ।

७. चिसो 

यसले चिसो लाग्नबाट पनि बचाउँछ । जसको लागि एक गिलास दूधमा २ वा ४ वटा छोकडा हाल्ने, मरिच, अलैँची हालेर उमाल्ने र पिउने गर्दा चिसोबाट बच्न सकिन्छ । 

८. रगतको कमि

दूध र छोकडा खाने गर्दा शरीरमा आइरन भरपुर प्राप्त हुन्छ । जसले रगत सफा गर्ने, रक्तसञ्चार तन्दुरुस्त बनाउने र छालालाई चम्किलो बनाउने गर्छ । 

९. मस्तिक

दूध र छोकडामा भिटामिन बी ६ हुने भएकाले यसले मस्तिष्कलाई स्वस्थ राख्ने र दिमाग तेजिलो बनाउने काम गर्छ । 

गाउँ सहर डेस्क

तपाईँको मत