कला

सोल्टिनी म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । सोल्टिनी म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा नयाँ गीत सोल्टिनी म्युजिक भिडियोसहित सार्वजनिक गरेको हाे।

प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ ।

समाजसेवी गायकका रूपमा परिचित लिम्बुको यसअघि थुप्रै गीत सार्वजनिक भइसकेका छन्।

मिलन चाम्सले निर्देशन गरेको यसको म्युजिक भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा छायांकन कविराज गहतराज र सम्पादन सन्तोष शाहको रहेको छ ।

म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको हो। म्युजिक भिडियो सार्वजनिक भएको १ दिनमै करिब डेढ लाखले हेरिसकेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत