समाज

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा दुर्घटना भएको थियो । झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक थिए ।

शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो । मे३प ९८९६ नंम्बरको मोटरसाइकलमा सवार ढकाल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत