राजनीति

कास्कीका ६ ठाउँमा काँग्रेसको प्रदर्शन

पोखरा । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ ।

कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

प्रवक्ता सिग्देलका अनुसार  तालचोक, क्षेत्रको औधोगिक क्षेत्र, विरौटा, चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, हेमजा मिलन चोक  लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परीणत भएका थिए ।

विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म  आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए ।

प्रदेश सभा क्षेत्र १ ‘ख’ को विरोध सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताए ।

विरोध सभामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, कास्की काँग्रेस जिल्ला सदस्य अनिता तिमिल्सिना, मुस्लिम नेता सराफत अलिमिया, नेपाल तरुण दल क्षेत्र नं १ कास्कीका सभापति राधाकृष्ण तिवारी, युवा नेता यामबहादुर गुरुङ, भानु ढकाल, पोखरा १४ का वडा सभापति बोधबहादुर कार्की र पोखरा १० की कार्यवाहक सभापति निर्मला कार्कीले बोलेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत